SHARE
अन्नपूर्ण · शुक्रबार​ ५ मंिर २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

स्थानीय तह र प्रदेशको निर्वाचनबारे आयोगले गर्यो दलहरूसँग परामर्श

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक वा अलग–अलग समयमा गर्ने भन्ने विषयमा प्रमुख राजनीतिक दलहरूसँग परामर्श गरेको छ।शुक्रबार प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै आयोगले आर्थिक एवं व्यावहारिक पक्षलाई मध्यनजर गर्दै स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक वा अलग–अलग समयमा गर्ने भन्ने विषयमा सुझाव लिएको हो। आयोगले गरेको प्रस्तावमा पार्टीभित्र छलफल गरी आवश्यक सुझाव दिने नेताहरूले जनाएका छन्।