SHARE
लोक पथ · शुक्रबार​ ५ मंिर २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

नेप्सेमा ७.३८ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा गिरावट आएको छ । बिहीबार सामान्य अंकले बढेको नेप्से परिसूचक शुक्रबार ७.३८ अंकले घटेको हो । शुक्रबार १३ वटा उपसमूहमध्ये बैंकिङ र म्युचुअल फण्ड समूहको शेयर मूल्य मात्रै बढेको छ । बाँकी ११ वटा उपसमूहको मूल्य घटेको छ ।