माछापुच्छ्रे बैंक र बेलायतको रिज रेमिटबीच विप्रेषण सम्झौता, युरोपबाटै पैसा पठाउन सकिने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको विप्रेषण सेवा प्रदायक कम्पनी रिज रेमिट लिमिटेडबीच विप्रेषण सेवा सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतासँगै दुवै कम्पनीले औपचारिक रूपमा विप्रेषण कारोबार सुरु गरेका छन् । यो सम्झौतापछि युरोपमा रहेका नेपालीले रिज रेमिटको मोबाइल एप प्रयोग गरेर सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।