ग्लोबल फिल्म फेस्टिभलको तयारी : विश्वभरका १०० चलचित्रकर्मी काठमाडौंमा आउने
काठमाडौं : नेपाली चलचित्रलाई विश्व बजारसँग जोड्ने र नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ हुने भएको छ। आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने महोत्सवमा विश्वका विभिन्न देशबाट करिब १०० जना चलचित्रकर्मी, सञ्चारकर्मी तथा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्व सहभागी हुने आयोजकले जनाएको छ।