कपिलवस्तुमा अवैध कुखुरा र मोटरसाइकलसहित चार जना पक्राउ
कपिलवस्तु : कपिलवस्तुमा अवैध रूपमा ओसारपसार गरिएका १०४ वटा जिउँदा ब्रोइलर कुखुरासहित चारवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिका–६, लक्ष्मणघाटस्थित क्षेत्रमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको मोबाइल गस्ती टोलीले चेकजाँचका क्रममा उक्त कुखुरा बरामद गरेको हो ।