SHARE
पर्दाफास · शुक्रबार​ ५ मंिर २०८३ ०३:१९ AM · 1 मिनेट पढाइ

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, आज दलहरूसँग छलफल गर्दै

निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरूसँग छलफल एवं परामर्श सुरु गरेको हो । आयोगले आज नै विभिन्न राजनीतिक दलहरूसँग छलफल सुरु गर्ने भएको जनाएको छ । सो प्रयोजनका लागि राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरूलाई आज आयोगले छलफलका लागि आमन्त्रण गरेको छ ।