ठूला देशको अनुपस्थितिले खल्लो बन्दै कोप
काठमाडौं : टर्कीएको आन्ताल्यमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा ११ देश तथा निकायले जलवायु वित्तका लागि करिब २७ करोड ३० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यद्यपि, ठूला र शक्तिशाली भनिएका देशको अनुपस्थितिका कारण सम्मेलन केही खल्लो देखिएको छ। जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन तथा हानिनोक्सानी सम्बोधनका लागि विभिन्न देशहरूले वित्तीय सहयोगको घोषणा गरेका हुन्।