SHARE
अन्नपूर्ण · बिहीबार ४ मंिर २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

गोरुसिंगे–चन्द्रौटा सडक विस्तार गर्न साढे ४ अर्ब बजेट

बुटवल : बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक आयोजनाअन्तर्गत गोरुसिंगेदेखि चन्द्रौटासम्मको सडक विस्तार गर्न ठेक्का सम्झौता भएको छ । बुटवलदेखि गोरुसिंगेसम्म हाल सडक विस्तारको काम भइरहे पनि निर्माण कार्य भने कछुवा गतिमा चलिरहेको छ ।कपिलवस्तुको गोरुसिंगेदेखि चन्द्रौटासम्मको सडक विस्तारका लागि करिब चार अर्ब ५६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिए ।