चीनका लागि नेपाली राजदूत शर्माले बेइजिङ पुगेर सम्हाले कार्यभार
बेइजिङ- चीनका लागि नेपाली राजदूत डा. कल्याणराज शर्माले बेइजिङस्थित नेपाली दूतावासमा आफ्नो कार्यभार सम्हालेका छन्। बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बिहीबार उपनियोग प्रमुख रोशन खनालसहित दूतावासका वरिष्ठ अधिकारी र चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।