मोदीलाई बालेनले दिएको शालिग्राम : मुस्ताङबाट कसरी पुग्यो हैदरावाद हाउस ?
जोमसोम – भारतको २ दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्ष, शालिग्राम र पशुपतिनाथको चन्दन उपहार दिए । उपहारमध्ये विशेष छ – शालिग्राम । भगवान् विष्णुको प्रतीक तथा स्वरूप मानिने शालिग्राम नेपालको कालिगण्डकी नदीमा मात्र पाइन्छ । मोदीलाई बालेनले दिएको शालिग्राम मुस्ताङ सदरमुकाम जोमसोमबाट लगिएको हो ।