महँगीको मारमा उपभोक्ता, घ्यूतेल र फलफूलको मूल्यमा उच्च वृद्धि
काठमाडौं। बजारमा दैनिक उपभोग्य वस्तुदेखि यातायातसम्मको मूल्य बढेपछि सर्वसाधारणको महँगीको मार थप चर्किएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ। गत वर्षको सोही महिनामा यस्तो दर १.४७ प्रतिशत मात्रै थियो।