मधेशमा सत्ता समीकरण पेचिलो, सरकारको नेतृत्व कसले गर्ने अझै टुंगिएन
काठमाण्डु– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि समयसीमा सकिन एक दिन मात्रै बाँकी रहँदा पनि दलहरूबीच सत्ता नेतृत्वको विषयमा सहमति जुट्न सकेको छैन । प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले तीनदेखि चार दलको सहकार्यमा मात्रै नयाँ सरकार गठन हुने देखिएको छ ।