SHARE
अन्नपूर्ण · बिहीबार ४ मंिर २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

देउसी–भैलो खेलेर विद्यालयले जुटायो झन्डै ९ लाख रुपैयाँ

हुम्ला : हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभूत विद्यालयले जग्गा खरिद तथा विद्यालय परिसर विस्तारका लागि सञ्चालन गरेको देउसी–भैलो कार्यक्रमबाट ८ लाख ९५ हजार ६ सय ११ रुपैयाँ संकलन गरेको छ।विद्यालयको जग्गा साँघुरो भएकाले थप जग्गा खरिद गरी परिसर फराकिलो बनाउने उद्देश्यले दीपावलीको अवसरमा आयोजित देउसी–भैलो कार्यक्रममार्फत उक्त रकम संकलन गरिएको विद्यालयका प्रधानाध्यापक जगतबहादुर भियालले बताए।