भारतले दियो ५९४ मेगावाट विद्युत् आईएक्समा बिक्री गर्न अनुमति
काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृति पाएका जलविद्युत् आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले मंसिर २ गते उक्त विद्युत् आईएक्सको डे-अहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न स्वीकृति दिएको हो ।