सम्भव छ स्वच्छ हावाको न्याय
हिमाल संरक्षणको कुरा गर्ने तर सहरको हावा प्रदूषित हुन दिने, वातावरण संरक्षणको प्रतिबद्धता जनाउने तर धुवाँ फाल्ने सवारीसाधनलाई नियन्त्रण नगर्ने, स्वच्छ विकासको नारा दिने तर सडकलाई वर्षौंसम्म धुलो र हिलोको स्रोत बनाइरहने प्रवृत्तिाले राज्यको प्रतिबद्धतामाथि प्रश्न उठाउँछ।नेपालले पछिल्ला वर्षहरूमा वातावरण संरक्षण र जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउँदै आएको छ।