SHARE
अन्नपूर्ण · बिहीबार ४ मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

प्रहरीले महिलामाथि कुटपिट गरेको आरोप

जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिका— ५ स्थित शान्तिपुरको एक घरमा प्रहरी जबरजस्ती घरभित्र पसेर महिलामाथि हातपात, कुटपिटका साथै खानतलासी गरेको भिडियो सार्वजनिक भएको छ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको एक टोलीले गत २९ गते राति करिब ८ बजेको समयमा घरमा प्रवेशगरी मूल ताला फुटाएर, घरको ढोका तथा दराजमा खानतलासी गर्दै रोक्न खोजेका महिलामाथि हातपात, कुटपिट गरेको हो।