बर्खास्त एआईजी वंशीराज दाहालले दिए पुनरावेदन निवेदन
काठमाण्डु– सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध पुनरावेदन निवेदन दिएका छन् । उनले बर्खास्तीको निर्णय पुनर्विचार गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन दिएका हुन्। गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्को कार्यालय पुगेको उनको निवेदनमाथि अब सरकारले निर्णय गर्नेछ।