SHARE
अन्नपूर्ण · बिहीबार ४ मंिर २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

विकास खर्चको हरिबिजोग

काठमाडौं : १८२ सिटको बलियो सरकार छ। नीति बनाउन र कार्यान्वयन गर्न कुनै बाधा छैन। तर, ४ महिनामा पुँजीगत खर्च भने असाध्यै कम छ।चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक मसान्तसम्म पुँजीगत बजेटको ७.५३ प्रतिशतमात्रै खर्च भएको हो। सरकारले ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकामा ४ महिनामा ३२ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ खर्च गरेको हो। विकास खर्च गत वर्ष ६.२१ प्रतिशतमात्र रहेकोमा यस वर्ष सामान्य सुधार भई ७.५३ प्रतिशत पुगेको छ।