SHARE
अन्नपूर्ण · बिहीबार ४ मंिर २०८३ १२:०० PM · 1 मिनेट पढाइ

धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु

झापा : झापामा धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। बीभत्स दुर्घटना भएकाले मृतकहरूको अनुहार नै नचिनिने अवस्थामा पुगेकाले मृतकहरूको यकिन पहिचान खुलाउने प्रयास भइरहेको जिल्ला टाफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। उनीहरूको उमेर अन्दाजी ३० देखि ३५ वर्षको भएको अनुमान गरिएको छ।