SHARE
अन्नपूर्ण · बिहीबार ४ मंिर २०८३ ११:०० AM · 1 मिनेट पढाइ

मकवानपुरको भैंसेमा सुमो दुर्घटना : ३ जनाको मृत्यु, ७ घाइते

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका -१ भैंसेमा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।बिहीबार बिहान रौतहट जिल्लाको चन्द्रनिगाहपुरबाट १० जना यात्रु बोकेर काठमाडौंको लागि आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रु बाहक सुमो  दुर्घटना हुँदा ३ जनाको मृत्यु र ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार  सुमो आफैँ अनियन्त्रित भइ सडकबाट १० मिटर तल भैसे खोलामा खसेको थियो।