SHARE
काठमाण्डुपाटी · बुधबार ३ मंिर २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

एनपीएल एलिमिनेटर : चितवनले टस जितेर ब्याटिङ गर्दै, काठमाडौं पहिले बलिङमा

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको एलिमिनेटरमा चितवन राइनोजले काठमाडौं गोर्खाजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर ब्याटिङ रोजेपछि काठमाडौंले पहिले बलिङ गर्ने भएको हो। खेल साँझ ५ बजे सुरु भएको छ। आजको खेल जित्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी