सभामुख अर्यालसँग चिनियाँ जनसंघ अध्यक्ष वानमिङको शिष्टाचार भेट
काठमाण्डु – सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग चिनियाँ जनसंघका अध्यक्ष महामहिम याङ वानमिङले शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा सभामुख अर्यालले नेपाल र चीनबीच रहिआएको ऐतिहासिक, घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन जनस्तरको सम्बन्ध र सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए ।