SHARE
काठमाण्डुपाटी · बुधबार ३ मंिर २०८३ ०१:३४ AM · 1 मिनेट पढाइ

एनपीएल इलिमिनेटरमा आज काठमाण्डु र चितवन भिड्दै, हार्ने टोली बाहिरिने

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेल जित्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ । काठमाण्डु र चितवनबीचको विजेताले बिहीबार फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी