रुसमा सैन्य विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु
एजेन्सी– रुसमा सैन्य प्रयोजनका लागि प्रयोग हुने यातायात विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार एएन–१२ विमान मंगलबार साइबेरियाको केमेरोभो क्षेत्रमा नियमित उडानका क्रममा दुर्घटनाग्रस्त भएको हो । विमान मानव बस्ती नभएको क्षेत्रमा खसेको थियो ।