दिपेन्द्र सिंह ऐरीको अर्धशतक
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेलेका छन्। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सका लागि दिपेन्द्रले ४५ बलमा ३ चौका र १ छक्का सहति अर्धशतक पूरा गरेका हुन्। अर्धशतक पूरा गर्नु १ बल अगाडी उनले ४९ रनमा जीवनदान पाउँदै अर्धशतक पूरा गरेका हुन्।