SHARE
अन्नपूर्ण · बुधबार १० मंिर २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

यौन दुर्व्यवहारको आरोपपछि ९२ वर्षीय नाइजेरियाली राजा निलम्बित

काठमाडौं : नाइजेरियाका चर्चित परम्परागत शासक दाउरा क्षेत्रका अमिर उमर फारुक उमरलाई एक पोल्यान्डकी पर्यटकमाथि यौन दुर्व्यवहार गरेको आरोपपछि सबै औपचारिक कार्यक्रममा सहभागी हुन र यात्रा गर्न रोक लगाइएको छ ।पर्यटकले भ्रमणका क्रममा ९२ वर्षीय अमिरले आफ्नो छातीमा हात लगाएको आरोप लगाएकी छन् । घटनाबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भएपछि कात्सिना राज्य सरकारले अनुसन्धान समिति गठन गर्दै उनलाई निलम्बन गरेको हो ।सन् २००७ देखि अमिरको पदमा रहेका उमरले भने आरोप र निलम्बनबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।