SHARE
अन्नपूर्ण · मङगलबार २ मंिर २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

माइक्रोबस दुर्घटना : गम्भीर घाइते भएका ५ जनालाई हेलिकोप्टरमा पठाउने तयारी

सिन्धुली : बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको पलासेमा माइक्रोबस दुर्घटना हुँदा गम्भीर घाइते भएका ५ जनालाई हेलिकोप्टरमा पठाउने तयारी भएको छ।इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार मंगलबार दिउँसो २ बजेतिर जनकपुरबाट काठमाडौं आउँदै गरेको म प्र ०४-००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भई सडकबाट अधेरी खोलाको बगरमा खसेर दुर्घटना हुँदा १४ जना घाइते भएका हुन्।