एमएस धोनीले लिए आईपीएलबाट सन्यास, सीएसकेको मेन्टर नियुक्त
काठमाण्डु– भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)बाट पनि सन्यास लिएका छन् ।धोनीले मंगलबार आईपीएलबाट पनि सन्यास लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ५ पटकको आईपीएल विजेता चेन्नई सुपर किंग्स (सीएसके) ले सन् २०२७ को आईपीएल सिजनदेखि धोनीलाई फ्रेन्चाइजको मेन्टर नियुक्त गर्ने निर्णय गरेको छ।