ब्राउन सुगरको ‘फ्यामिली बिजनेस’ : भारतबाट नेपाल छिर्दै गर्दा परिवारै पक्राउ
विराटनगर : लागुऔषध तस्करीमा नयाँ–नयाँ तरिका अपनाउने गरिएको उदाहरण मोरङको रंगेलीमा फेला परेको छ। भारतबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) नेपाल भित्राउन एकै परिवारका सदस्य परिचालन गरिएको खुलेको छ। प्रहरीले भारतीय बाबु,आमा र छोरालाई लागुऔषधसहित पक्राउ गरेपछि सीमापारिबाट नेपालतर्फ हुने लागुऔषध तस्करीमा परिवारकै संलग्नता देखिएको हो। मोरङको रंगेली नगरपालिका–४ स्थित चोप्राहा बोर्डरमा सोमबार साँझ पक्राउ परेका तीनै जना भारतको बिहारस्थित अररिया जिल्लाका हुन्।