SHARE
अन्नपूर्ण · मङगलबार २ मंिर २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

मुक्तिनाथ विकास बैंकको डिजिटल नवप्रवर्तनमा अर्को पहल : घरमै बसी कर्जा आवेदनको अवस्था हेर्न सकिने

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई छिटो, सहज, पारदर्शी तथा प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले “Loan Application Tracking”  सेवा सञ्चालनमा ल्याएको छ। यस सेवामार्फत ग्राहकले बैंकमा पेश गरेको कर्जा आवेदनहरूको अवस्था तथा प्रगतिसम्बन्धी जानकारी डिजिटल माध्यमबाट सहजै प्राप्त गर्न सक्ने मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए।