वीरगन्जको छठघाटमा चर्को आवाजमा डीजे बजाएर होडबाजी गर्ने ५ युवक पक्राउ
वीरगन्ज: छठघाटमा चर्को स्वरमा डीजे बजाएर होडबाजी गर्ने ५ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १७ केहुनिया र वडा नम्बर १९ बर्वास्थित तिलावे नदीको दुवै किनारमा बनाइएका छुट्टाछुट्टै छठघाटमा गत आइतबार साँझ चर्को स्वरमा डीजे बजाएर होडबाजी गरिएको थियो।सोही घटनामा संलग्न ५ जना युवकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।