गोरखामा लगातार सुख्खा पहिरो जानुको कारण के हो ?
गोरखा: पहिरो जो कोही (पहाडवासी) नेपालीका लागि नौलो घटना हुँदै होइन तर, केही महिनाको अन्तरालमा ठूल्ठूला धेरै पहिरो गइरहन्छ भने यसको रहस्य खोज्नु आवश्यक छ ।गोरखामा यस वर्ष बेमौसमी पहिरोका धेरै घटना भए । भन्नेले त पहिले सामाजिक सञ्जाल थिएन, पहिरो गए पनि आसपासका बाहेकलाई थाहा हुन्थेन । अहिले सामाजिक सञ्जालका कारण सूचना फैलिएको हो मात्र पनि भन्न सक्छन् । तर त्यो मात्र होइन । गत शनिबार धार्चे गाउँपालिकामा ठूलो सुख्खा पहिरो गयो ।