SHARE
अन्नपूर्ण · मङगलबार २ मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्त, रोजगार संयोजकविरुद्ध मुद्दा

काठमाडौं : बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजक पदमा कार्यरत ओमप्रकाश गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्त भएको आरोपमा गिरीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।