SHARE
अन्नपूर्ण · मङगलबार २ मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा वीरगन्जको बाल सुधार गृहबाट भागेका कैदी पक्राउ

वीरगन्ज : जेनजी आन्दोलनका क्रममा वीरगन्जको बालसुधार गृहबाट फरार भएका कैदी पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ मा घर भएका २२ वर्षीय युवक अप्राकृतिक मैथुन र कर्तव्य ज्यान मुद्दामा अदालतबाट १२ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय पाएका थिए ।सजाय भुक्तानीका लागि वीरगन्जको बाल सुधार गृहमा रहेका ती व्यक्ति २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा फरार भएका थिए ।