SHARE
अन्नपूर्ण · मङगलबार २ मंिर २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तारका लागि त्रिविले माग्यो 'कन्ट्री फोकल पर्सन'

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ (Country Focal Person) नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र (CIR) ले हालै स्वीकृत ‘त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी निर्देशिका, २०२६’ अनुसार इच्छुक स्थायी प्राध्यापकहरूबाट आशयपत्र माग गरेको हो।