SHARE
अन्नपूर्ण · मङगलबार २ मंिर २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

चुनावको माहौल तातिँदै, मिति घोषणाको छैन सुरसार

काठमाडौं : स्थानीय तह निर्वाचनको मिति घोषणा नहुँदै राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिन थालेका छन्। निर्वाचन आयोग चैत पहिलो साताभित्र चुनाव गराउने तयारीमा सरकारसँग मिति घोषणाका लागि दबाब बढाइरहेको छ भने दलहरू उम्मेदवार छनोट, संगठन परिचालन र जनमत परीक्षणमा जुटेका छन्। सत्तारूढ रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत उम्मेदवार खोज्न थालेको छ।