SHARE
अन्नपूर्ण · मङगलबार २ मंिर २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

हिउँदे अधिवेशनसँगै न्यायाधीशमाथिको महाभियोग प्रक्रिया सुरु

काठमाडौं:  सरकारले मंसिरको तेस्रो सातासम्म संघीय संसद् अधिवेशन आह्वान गर्ने तयारी गरेको छ। अधिवेशन सुरु भएपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिचौलिया इनम सापकोटासँगको सम्पर्क र भेटघाटका कारण विवादमा परेका सर्वोच्च अदालतका न्यायाधीशमाथि संसदीय कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। त्यसका लागि संसदीय दलको बैठक बोलाएर महाभियोग प्रस्ताव वा छानबिनको प्रक्रिया टुंग्याउने पार्टीको तयारी छ।