SHARE
अन्नपूर्ण · मङगलबार २ मंिर २०८३ ०२:०० AM · 1 मिनेट पढाइ

नेपाल फुटबल लिग सञ्चालन गर्न अनुमति

काठमाडौं : नेपाली फुटबलको व्यावसायिक रूपान्तरण गर्ने लक्ष्यसहित घोषणा गरिएको नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनुमति दिएको छ ।नेपाल फुटबल लिगका अध्यक्ष कल्याण गुरुङले सोमबार विज्ञप्ति जारी गर्दै लिग सञ्चालनका लागि राखेपबाट अनुमति प्राप्त भएको जानकारी दिएका हुन् । उनले अनुमतिले प्रतियोगिता आयोजनाको तयारीलाई थप व्यवस्थित र तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।