SHARE
अन्नपूर्ण · सोमबार १ मंिर २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

कञ्चनपुरमा १९.६८० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं : कञ्चनपुरमा १९.६८० ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो धनगढीबाट खटिएको प्रहरी टोलीले लालझाडी गाउँपालिका–६, चान्देउबाट खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।  पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१६ का २५ वर्षीय डेभिड चौधरी र सोही ठाउँका ३४ वर्षीय नरेन्द्र डगौला रहेका छन्।