बालेनको भ्रमणमा मुख्य मुद्दा बन्दैछ हवाई रुट : नेपालले के पाउँछ, भारतले के खोज्दैछ ?
काठमाण्डु- नेपालले अर्बौं रुपैयाँ खर्च गरेर दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनायो। एउटा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा र अर्को नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा। दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक धावनमार्ग, टर्मिनल भवन र आधुनिक उपकरण जडान गरिए।