SHARE
अन्नपूर्ण · सोमबार १ मंिर २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

शेख हसिनाको फिर्तीको माग गर्दै बंगलादेशमा प्रदर्शन

काठमाडौं : शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै उनको पार्टी अवामी लिगले बंगलादेशमा प्रदर्शन चर्काएको छ। बंगलादेशको गोपालगञ्जमा अवामी लिगका नेता र समर्थकहरूले प्रदर्शन गरिरहेका छन्। हाल बंगलादेशमा अवामी लिग प्रतिबन्धित छ।यसअघि, अवामी लिगसँग सम्बद्ध प्रदर्शनकारीहरूले पार्टीको जिल्ला कार्यालय कब्जा गरेर तोडफोड गरेका छन्। उनीहरूले सहरको लन्चघाट क्षेत्रमा रहेको जुलाई स्मारकमा पनि आगजनी गरेका छन्। प्रहरीको गाडीमा समेत तोडफोड तथा आगजनी गरिएको छ। सहरका अन्य भागमा पनि तोडफोड भएका समाचार आएका छन्।