SHARE
काठमाण्डुपाटी · सोमबार १ मंिर २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनाल र भारतीय राजदूत दलेलाबीच भेटवार्ता

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिँदै उनको सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरे । भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी