SHARE
अन्नपूर्ण · सोमबार १ मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

झापामा पैनीमा डुबेर एक पुरुषको मृत्यु

झापा : झापा गाउँपालिकाको हुक्लाबारीस्थित पैनीमा डुबेर एक पुरुषको मृत्यु भएको छ। झापा गाउँपालिका-५ निवासी ४२ वर्षीय दीपककुमार गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार आज बिहान करिब ९:३० बजे उनी पैनीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए। स्थानीयले घटनाबारे प्रहरी चौकी शरणामतिमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।प्रहरीले घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।