२२ वर्षीय युवक मृत फेला
जनकपुर : धनुषाको मिथिला नगरपालिका–१,लक्ष्मीनिवासमा एक २२ वर्षीय युवक आफ्नै बारीमा मृत फेला परेका छन्। मृत फेला पर्नेमा स्थानीय अमरेश कुमार महतो रहेका छन्। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरीको कुकुरसहितको टोली घटनास्थल पुगेको थियो।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालको नेतृत्वमा कुकुरसहितको टोली परिचालन गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।