SHARE
अन्नपूर्ण · सोमबार १ मंिर २०८३ १२:०० PM · 1 मिनेट पढाइ

सडकले उठीबास, मालपोतले सास्ती!

ओखलढुंगा : आँगनको डिलबाटै सरर गाडी गुड्दा गाउँलेहरू दंग छन्, बिरामी पर्दा एम्बुलेन्स घर गाउँमै आउँछ, भारी बोक्ने दुःख हटेको छ। तर, त्यही बाटोका वास्तविक जग्गाधनीहरू भने गोजीको लालपुर्जा र मालपोतको रसिद छाम्दै पिँढीमा बसेर भक्कानिन बाध्य छन्। आफ्नै उब्जाउ खेतबारीको छाती चिरेर अरूलाई हिँड्ने बाटो त खुल्यो, तर जग्गाधनीले न एक सुको मुआब्जा पाए, न त सरकारी ढड्डाबाट लगत नै कट्टा भयो।