बाढीको पीडाकाबीच नुवाकोटमा पोखरी खनेर मनाइयो छठ पर्व
नुवाकोट : अकल्पनीय बाढीको पीडाकाबीच नुवाकोटमा छठ पर्व मनाइएको छ। ३ महिना अगाडि बाढीको चपेटामा परेका नुवाकोटमा विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका तराइवासीले सामूहिक रुपमा आइतवार छठ पर्व मनाएका हुन्। बिदुर नगरपालिका - २ स्थित पान्चायन मन्दिर परिसरमा पोखरी तयार गरि तराई समुदायले सामूहिक रुपमा छठ पर्व मनाएका हुन्। तराइमा मात्र मनाइँदै आएको छठ नुवाकोटका नदी पोखरीमा समेत मनाइँदै आएको छ।