SHARE
काठमाण्डुपाटी · आइबार​ ३० कात्िक २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

छठमा ‘खरना’ विधि सम्पन्न गरेसँगै व्रतालुको निराहार व्रत

महोत्तरी – लोकआस्थाको महापर्व छठका व्रतालु आईतबार कात्तिक शुक्ल षष्ठी तिथिको निराहार व्रतमा छन् । शनिबार मध्यरातपूर्व ‘खरना’ विधि सम्पन्न गरेसँगै व्रतालुको निराहार व्रत सुरु भएको हो । यसअघि गत शुक्रबार कात्तिक शुक्ल चौथी तिथिमा ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुले आईतबार निराहार व्रतकै दिन साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी