SHARE
अन्नपूर्ण · आइबार​ ३० कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

२२ करोड पर्ने सेतो हेरोइनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं : लागू औषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५.५ किलोग्राम सेतो हेरोइनसहित अन्तर्राष्ट्रिय ड्रग्स तस्करी गिरोहका मुख्य व्यक्तिलाई पक्राउ गरेको छ।   ब्युरोको कोटेश्वरस्थित शाखा कार्यालयका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरनमा खटिएको प्रहरी टोलीले शनिबार भारतीय नागरिक रेवारज तिघारेलाई पक्राउ गरेको हो।