SHARE
अन्नपूर्ण · आइबार​ ३० कात्िक २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

लोककल्याणको कामना गर्दै सांसद कानुको दण्डवत प्रणाम यात्रा

वीरगन्ज : पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य (सांसद) सुशीलकुमार कानु घरबाट भुँइपरी (दण्डवत प्रणाम यात्रा) गरेर छठघाट पुगेर छठीमाईको पूजाअर्चना गरेका छन्। लोक कल्याण र समस्त देशवासीको सुख-शान्तिको कामना गर्दै रास्वपा सांसद कानुले आइतबार छठको सँझिया घाटेका दिन वीरगन्ज-१० स्थित आफ्नो निवासबाट दण्डवत प्रणाम यात्रा सुरु गरेर घडिअर्वा छठघाटमा पुगेका हुन्।