SHARE
अन्नपूर्ण · आइबार​ ३० कात्िक २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

आगोले जलेर घाइते भएकी महिलाको मृत्यु

विराटनगर : मोरङको रतुवामाईमा ग्यास चुहावटबाट आगलागी हुँदा जलेर घाइते भएकी ३० वर्षीया सुरक्षा भट्टराईको मृत्यु भएको छ। गम्भीर अवस्थामा नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएकी उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो।रतुवामाई नगरपालिका–९ भौडा टोलस्थित आफ्नै माइतीघरमा गत कात्तिक २४ गते हलीतिहारका दिन आगलागी हुँदा सुरक्षा घाइते भएकी थिइन्। लोकनाथ भट्टराईको दुईतले घरको भुइँतलामा रहेको भान्छामा ग्यास सिलिण्डरबाट ग्यास चुहिएपछि आगो लागेको थियो।